Newslaya Home

​इथियोपियका प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट

शनिबार ०९, असार २०७५

बिबिसि । इथियोपियामा देशका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा विस्फोट भएको छ। उक्त विस्फोटमा धेरै मानिसहरूको ज्यान गएको भनिएता पनि प्रष्ट विवरणहरू प्राप्त भइसकेका छैनन्।

राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भएका थिए। प्रधानमन्त्री आबी अहमदलाई उनको भाषणलगत्तै सुरक्षित तवरले अन्यत्र लगिएको थियो।

२४ वर्षीय अहमद गत फेब्रुअरी महिनामा प्रधानमन्त्री बनेका थिए । उनी ओरोमो जातीय समूहबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

प्रधानमन्त्रीको पद सम्हालेको दुई महिनामा उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए।