Newslaya Home

३३ किलो सुन काण्डः व्यवसायी संजय खेतान पक्राउ

शनिबार ०९, असार २०७५

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सम्लग्न व्यवसायी सञ्जय खेतान पक्राउ परेका छन् ।

केही दिनअघि पक्राउ परेका विमल पोद्दार समुहमा रहेर सुन तस्करीमा संलग्न रहेका खेतानलाई सुन तस्करीबारे छानविन गर्न गठित समितीले पक्राउ गरेको बताइएको छ ।

सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सम्पर्कमा रहेको छानविन समितीले जनाएको छ ।

बिहिबार मात्र समितिले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको  रेष्टुरेण्ट ब्यवसायी अकवर शाहलाई पक्राउ गरेको थियो ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समितिसमक्ष बयान दिएका छन् ।