Newslaya Home

​धरान र विष्णुपादुका जोड्न झोलुङगे पुल

शनिबार ०९, असार २०७५

धरान । धरान उपमहानगरपालिकामा गाभिए संगै योजना बनेको साविक विष्णुपादुका गाविस र धरानको बिचमा रहेको सर्दु खोलामा २ वर्ष पछि झोलेङ्गे पुल बने पछि धरान उपमहानगरपालिकाको बासिन्दा भएको महशुष भएको बताएका छन् ।

जिल्ला समन्वय समिती र स्थानीय उपभोक्ता समितीको ५१ लख २ हजार ७ सय ३९ रुपैयाको लागतमा धरान १६ स्थित जोरसखुवा जोडने पुल निर्माण सम्पन्न भएको छ । पुलको प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबोले उदघाटन गरे । 

पुलको उदघाटनका क्रममा मन्त्री आङबोले सरकारको अवको उद्देश्य जनताको दैनिक जिवनमा परिवर्तन ल्याउँदै समग्र प्रदेशको विकाश रहेको बताए । उनले बिकास र समृद्धि सबैको साझा मुद्धा भएकाले जनसहभागीता अपरिहार्य भएको प्रस्ट पारे । मन्त्री आङबोले कृषीलाई ब्यवसायिकरण गर्न १ नं प्रदेश सरकारले बजेट ल्याएको समेत दावी गर्दै कृषि क्षेत्रहरुलाई जोड्न अधुरो रहेको बिकास सडक र पुल पुलेसाका निर्माणलाई तीब्रता दिन बर्तमान सरकारको योजना रहेको बताए । उनले भने, ‘प्रदेश नम्बर १ को विकासका योजना घस्रने खालका नभई दौडने खालको हुनेछ ।’