Newslaya Home

​अमेरिकाले बनायो विश्वकै सानो कम्प्युटर

आइतबार १०, असार २०७५

काठमाडौं । अमेरिकाले विश्वकै सबैभन्दा सानो कम्प्युटर बनाएको छ । अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विश्वकै सबैभन्दा सानो कम्प्युटर बनाएको दाबी गरेका हुन् । 

उक्त कम्प्युटर जम्मा ०.३ मिलिमिटर चौडाको छ जुन चामलको गेडोभन्दा पनि सानो छ । 

सिन्ह्वा समाचार संस्थाको एक रिपोर्टअनुसार, परम्परागत कम्प्युटरभन्दा फरक यो माइक्रोडिभाइसमा स्विच हुनेबित्तिकै डाटा स्टोर गर्न सक्दैन जबकि परम्परागत कम्प्युटर स्विच अफ हुँदा प्रोग्राम र डाटा सेभ गर्न सक्छन् । 

अनुसन्धान टोलीका प्रमुख तथा इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनीयरिङका प्राध्यापक डेभिड ब्लाले भने, ‘यसलाई कम्प्युटर भन्ने कि नभन्ने हामीलाई थाहा छैन । तर यसले कम्प्युटरका रूपमा न्यूनतम जति काम गर्नुपर्ने हो गर्न सक्छ ।’

मिशिगन माइक्रो मोट नामक उक्त कम्प्युटरमा र्याम र फोटोभोल्टिक्स बाहेक प्रोसेसर र वायरलेस ट्रान्समिटर र रिसिभर पनि छ । 

यो डिभाइसले देखिने प्रकाशका रूपमा डाटा रिसिभ र ट्रान्समिट गर्छ । यसको बेस स्टेसन पावर र प्रोग्रामिङका लागि लाइट उपलब्ध गराउँछ र डिभाइसले डाटा रिसिभ गर्छ । 

तापक्रम थाहा पाउने गरी बनाइएको यो डिभाइस तापक्रमलाई समयको अन्तरालमा विद्युतीय प्लसका रूपमा परिणत गर्छ । बेस स्टेसनले पठाएको समयान्तरलाई चिपले नोट गर्छ अनि त्यसपछि त्यसलाई तापक्रममा परिणत गर्छ । 

त्यसैले यो कम्प्युटर सेल क्लस्टर जस्ता साना ठाउँमा तापक्रम पत्ता लगाउँछ र त्यसमा जम्मा ०.१ डिग्री सेल्सियसभन्दा कमको अन्तर हुन्छ ।

यो डिभाइसको उपयोग फरक फरक कामका लागि गरिन्छ । कोशिका विज्ञान र क्यान्सरको उपचारमा यसको प्रयोग हुन्छ ।