Newslaya Home

​अब फेसबुकमा बिताएको समय थाहा पाइने

आइतबार १०, असार २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याउने भएको छ । योर टाइम अन फेसबुक नामक यस फिचरको सहयोगले अब प्रयोगकर्ताले आफुले फेसबुकमा बिताएको समय थाहा पाउनेछन् ।

यस फिचरले हप्तामा हरेक दिन कति समय फेसबुकमा बिताइयो तथा हरेक दिन फेसबुकमा खर्चिने औसत समय कति छ ? भन्ने जानकारी दिनेछ ।

समाचार अनुसार यो नयाँ फिचरका माध्यमबाट प्रयोगकतालाई दिनहुँ फेसबुकमा बिताउने समयलाई सीमित गर्ने विकल्प पनि प्राप्त हुनेछ । साथै प्रयोगकर्ताले आफ्नो फेसबुक नोटिफिकेसन्सलाई म्यानेज गर्नका लागि एउटा लिंक पनि प्राप्त गर्नेछन् ।

प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा कुन एपमा कति समय बिताएको छ भन्ने थाहा पाउनुका साथै कुनैपनि एपमा बिताउने समय आफै निर्धारण गर्न सक्दछ ।

यो फिचर परीक्षणमा रहेको फेसबुकले जनाएको छ । यद्यपि सबै प्रयोगकर्ताका लागि कहिले लञ्च हुने भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन ।

यसअघि एप्पल र गुगल जस्ता कम्पनीहरुले पनि यो फिचर ल्याइसकेका छन् ।