Newslaya Home

​​टाउको दुखेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

शनिबार २३, असार २०७५

​व्यस्त कार्यतालिका, तनाव आदी कारणले आजभोली धेरैको टाउको दुख्ने गरेको छ । यस्तो अवस्थामा मानिसहरु पेनकिलर खाने गर्छन् । यसरी पटक पटक धेरै औषधि खाँदा शरीरमा विभिन्न खाले समस्या पैदा हुने गर्दछन् । 

टाउको दुखाइका अनेकौं कारणहरु हुन्छन् । कहिलेकाहीँ धेरै औषधिको सेवनले पनि टाउको दुख्न सक्छ । कहिलेकाहीँ तनाव, पानीको कमी, चर्को घाम, दौडधुप आदिजस्ता सामान्य कारणहरुले पनि टाउको दुख्ने गर्छ । यसरी दुखेको टाउकोको व्यथा कम गर्नका लागि सधै दुखाइ कम गर्ने औषधि खाइहाल्नु हुँदैन । यसका लागि केही घरेलु उपायहरु अपनाउनुपर्दछ । 

अदुवाको सेबन गर्दा रक्तनलीमा हुने सुजनलाई कम गर्न सहयोग गर्दछ । अदुवाको रस र कागतीको रसलाई समान मात्रामा मिलाएर खाने गर्नाले टाउको दुखाइ कम हुन्छ । त्यस्तै उमालेर खानाले पनि फाइदा गर्छ ।

दालचिनीलाई पिँधेर धूलो बनाउने, उक्त धुलोमा पानी मिलाएर लेदो बनाएर टाउकोमा लगाउने । केही बेरपछि उक्त पेस्टलाई मनतातो पानीले पखाल्दा फाइदा हुन्छ । 

ल्वांगमा दुखाइ कम गर्ने तत्व पाइन्छ । केहीबेर सम्म यसरी ल्वांगको स्वाद सुँघिरहँदा टाउको दुखाइ कम हुन्छ ।

टाउको दुखेको बेला चिनी नहालेको एक कप चिया पिएर आराम गर्दा टाउको दुखाई कम हुन्छ ।