Newslaya Home

यस्ता छन् डण्डिफोर निको पार्ने घरेलु उपाय

आइतबार २४, असार २०७५

छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमण भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई डण्डिफोर भनिन्छ ।
अनावश्यक रुपमा तेल ग्रन्थीले धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहारमा निस्कने गर्दछ ।

डण्डिफोरले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन ।
घरमै प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने उपायः

 १. कागती  
ताजा कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । त्यसैले ताजा कागतीको रस राती सुत्नु अघि डण्डिफोर भएको छालामा लगाउदा छिटो निको हुन्छ ।
 
२.बरफ 
बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुपर्छ । यो प्रक्रिया केही समय दोहोर्याई रहदाँ डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ ।  यस्ले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत  गर्छ ।
 
३. पानीको बाफ 
छालाको उपचारको लागि बाफ एकदमै प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ । १०–१५ मिनेटसम्म  डण्डिफोर संक्रमित छालामा बाफ पर्न दिनुपर्छ ।

 ४.टूथपेस्ट 
टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउदा डण्डिफोर सुन्निने कम हुनेछ । यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ । 

५. लसुन 
लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट पछि सफा मनतातो पानीले छाला सफा राख्नुस । यो प्रक्रिया हरेक दिन ३–४ पटक दोहोरयाउनु पर्छ यसो गर्दा चाँडो ठिक हुन्छ । 
 

1 प्रतिकृयाहरू प्राप्त
  • dipak.k mallaलेख्नुहुन्छ
  • |
  • आइतबार २४, असार २०७५ ०१:०२
maela dhariii use gara tara maro aauta ni thik vayako xan kina hola