Newslaya Home

चालकलाई प्राथमिक उपचारको तालिम दिउँ

-राम कुमार धमला
आइतबार २४, असार २०७५

इटहरीको दैनिक सडक यात्राको तीन वर्षको दौरानमा दर्जनौं सडक दुर्घटना देखेको छु तर गत आइतबार धरानको शनि मन्दिर छेउमा भएको दुर्घटना विभत्स थियो । दुखत त मलाई त्यति बेला लाग्यो जति बेला भिडियो र फोटो खिच्न मान्छेहरुलाई भ्याई नभ्याई थियो तर कारको चालकलाई निकाल्न कोहि अघि बढेनन् ।
अनन्तः हामीले विपरित दिसा बाट जाँदैगरेको एम्बुलेन्स रोकेर चालकलाई राखेर बि.पी.के.आइ.एच.एस पठायौ । तर, एम्बुलेन्समा राख्दा लिफ्टिङ एप्रोपियट गर्न सकिएन किनभने अन्य सबै नन् मेडिकल पर्सन थिए, यसरी गरौ भन्दा भन्दै उठाई हालियो ।

टहरी अफिस पुग्दा मनमा खेलेका कुराहरुः
१. नेपाली सडक असुरक्षित छ ।
२. विराटनगर–भेडेटार सडक खण्डमा टाईम कार्डको व्यवस्था भए कम दुर्घटना हुने थियो की ?
३. सेउति खोला छेउ छेउमा नेपाल प्रहरी वा सशस्त्र प्रहरीको विट राखेको भए दुर्घटनाको चाडै रेस्क्यु गर्न सकिन्थ्यो कि ?
४. सबै चालक र मानिसलाई फस्ट एड ट्रेनिङ वा प्राइमेरि ट्रउमा केयर सम्बन्धि तालिम दिएको भए यस्ता दुर्घटनामा घाईतेलाई प्राथमिक उपचार एप्रोपिएट्लि हुन्थ्यो की ? 
५ मा.पा.से परिक्षणलाई कडाइ र वैज्ञानिक ढंगले व्यवस्थित गर्न सके सडक दुर्घटना कम हुने थियो की ?
६. सवारी साधनको स्पिड कन्ट्रोल गर्न ट्राफिक प्रहरीलाई राड्ररसहित कडाइको साथ चेक जाँच गर्न गराउन सके कम हुन्थ्यो सडक दुर्घटना ।
७. सडक वारिपारि झाडी फाडेर फराकिलो बनाउने वा सडक क्लियर बनाउने काम भएको भए यस्ता दुर्घटना कम हुन्थ्यो की ?

सम्बन्धित निकायहरुको ध्यान जाओस । के थाहा यस्ता दुर्घटनाको पात्र तपाई वा तपाईको आफन्त पनि हुन सक्छन् ।