Newslaya Home

सात करोड बढी नक्कली ट्विटर एकाउन्ट बन्द

आइतबार २४, असार २०७५

काठमाडौं । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले सात करोडभन्दा बढी नक्कली एकाउन्ट बन्द गरेको छ । कम्पनीले मे र जुन महीनामा सो सङ्ख्यामा नक्कली एकाउन्ट बन्द गरेको हो । 

झुठा र सनसनी खबर फैलाएकोले ती एकाउन्टहरु बन्द गरिएको जनाइएको छ । कम्पनीले राजनीतिक दबाबका कारण पनि यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ ।