Newslaya Home

​मरिससले वर्षमा २० हजार नेपाली लाने संकेत दियो, पोर्चुगल र क्यानाडासँग पनि छलफल

सोमबार २५, असार २०७५

काठमाडौं । नेपालीलाई वैदेशिक रोजगारका नयाँ नयाँ गन्तव्यको अफर आइरहेका छन् । पछिल्लो समय जापानले दक्षिण कोरियाले जस्तै नेपाली कामदार लाने प्रस्ताव गरेको थियो । 

यसैबिच अफ्रिकी मुलुक मरिससले संस्थागत रुपमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । सोको लागि दुई पक्षीय समझदारी गर्न उसले भनेको छ ।

हाल नेपाली धेरै जाने मलेसिया र साउदीमा रोजगारीको संकट भएपछि सरकारले कामदारलाई श्रम गन्तब्यहरुमा विकल्प पनि दिन खोजि गरिरहेको छ । 

उसले वर्षमा २० हजारभन्दा बढी कामदार लैजान सकिने संकेत गरेको छ ।

मन्त्रालयका स्रोतकाअनुसार मरिससको अर्थतन्त्र, श्रम कानुन, हावापानी र न्युनतम पारिश्रमिक लगायतका विषयमा अध्ययन गरेर मात्रै के गर्ने भन्ने टुंगो लगाइनेछ । 

मरिसस पछिल्लो सयमा कृषिमा आधारित अर्थ अर्थतन्त्रबाट औगोगिक, वित्तीय तथा पर्यटनमा आधारित हुने क्रममा छ । यहाँको अर्थतन्त्र मुख्य उखु, बगान, पर्यटन र कपडा तथा सेवा क्षेत्रमा निर्भर छ ।

मरिसस अबको चार वर्ष भित्रै ड्युटी फ्रि द्विप बन्ने योजनामा छ । यहाँका धेरै उत्पादनमा कर नै लगाउने गरिएको छैन । यहाँ हिन्दी भाषा बोल्नेको संख्या पनि ठूलो छ । 

यसैबिच अहिले पोर्चुगल र क्यानडासँग पनि नेपाली कामदारलाई अवसर दिनेबारे छलफल सुरु भएको छ ।