Newslaya Home

​गेष्ट हाउसमा बस्न आएका ग्राहकले टिभी चोरे

सोमबार २५, असार २०७५

इटहरी । इटहरी स्थीत तिरुपति गेष्ट हाउस इटहरीमा बस्न आएका एक ग्राहकलाई टिभी चोरेको आरोप लागेको छ । 

इन्डिया घर बताउने मनिस तामाङ नाम गरेका ती ग्राहकलाई टिभी चोरेको आरोप लागेको हो । शनिबार एक छोराको साथमा गेष्ट हाउसमा बस्न पुगेका मनिसले बिहान निस्कने बेलामा २४ इन्चको एल.सि.डि टिभी लिएर फरार रहेको बताइएको छ । 

गुणराज न्यौपानेका अनुसार उक्त ग्राहक निस्केपछि कोठा चेक गर्दा एल.सि.डि गायब थियो ।