Newslaya Home

​पास्कितानमा आत्मघाती बम विस्फोट, एएनपी नेता बिलौरसहित १२ जनाको मृत्यु

बुधबार २७, असार २०७५

काठमाडौं । पाकिस्तानको पेशावरमा भएको आत्मघाती विस्फोटमा परी अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । 

याकातूत क्षेत्रमा भइरहेको चुनावी बैठकलाई लक्षित गरी मंगलबार राति गराइएको विस्फोटमा परि ३० जनाभन्दा बढी घाइते भएका छन् ।

एएनपी नेता आफ्ना कार्यकर्ताहरुसँग छलफल गर्दै गर्दा विस्फोट गराइएको पाकिस्तानी सञ्चारमाध्यमले जानएको छ । पाकिस्तानी समाचार संस्था डनका अनुसार विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । 

बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । 

पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ ।