Newslaya Home

​पेट घटाउन केराको जुस, कसरी तयार पार्ने ?

बुधबार २७, असार २०७५

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हाम्रो स्वास्थ बिग्रीरहेको हुन्छ । जसकारण कैयौ शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

यस्तै एक समस्या हो मोटोपना । जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु अपनाउछौँ । घन्टौं जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गर्छौ तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।

धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन् तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना कम हुनुको सट्टा अन्य कैयौं समस्याहरु उत्पन्न गराइरहेको हुन्छ । 
 
मोटोपन घटाउने एउटा राम्रो उपाय हो केराको जुस । यो कुनै झन्झटिलो छैन । यसको सेवनले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केराबाट बनेको यो जुस धेरै नै फाइदाजनक हुन सक्छ ।

तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ ।  

कसरी तयार पार्ने केराको जुस ?
 
आवश्यक सामग्रीहरुः

१. एक चम्चा नरिवलको तेल
२. एउटा पाकेको केरा
३. एउटा सुन्तला
४. एक चौथाइ चम्चा अदुवाको धुलो
५. आधा गिलास चिल्लो नभएको दही
६. दुई चम्चा बटर
७. दुई चम्चा अलसीको बिउ

यसरी बनाउनुहोसः
सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरिरमा परिवर्तन देखिन थाल्छ ।