Newslaya Home

​‘रे’का किरणहरु

-विशाल विमर्श
बुधबार २७, असार २०७५

सकारात्मक सोचका अभियान्ता, कवि, मिडियाकार्मि रामप्रसाद खरेलको ‘रे’ले जिन्दगी लक्ष्य चुनौतिसंग हारेका युवा, लडाकु, संघर्षशील व्यक्तिहरुलाई नयाँ जीवन जिउन उत्साहा, हौसला र प्रेरणा दिन्छ । 

पुस्तकमा लेखे जस्तै जिन्दगीको नेगेटिभ र पोजेटिभ टर्मिनलमा ‘अब के ?’ भनेर सोच मग्न भएका तमाम जिवनहरुलाई टुरिष्ट गाइडको झै गरि बाटो देखाउने काम गर्छ । हरेक तथ्य, विम्ब, उदाहरण आदिको फ्युजनले यश पुस्तक जो कोहिले पनि पढ्न सुरु गरेपछि नसकि बिट मार्न सक्दैनन् । 


१६४ पृष्ठ रहेको खरेलको निबन्ध संग्रहलाई शिर्षक पिछे केहि वाक्यमा केलाउदा यस्तो बन्छ । 

१. सुन्दर कुराको खोजः यसमा मानिस आन्तरिक सुन्दरता भन्दा पनि बाहिरी सुन्दरतामा रम्छ । त्यहि खोज्छ भन्ने केही उदाहरण सहित प्रष्ट छ । र बाहिरी सुन्दरता गलत हो भन्ने पनि यसमा खुलाइएको छ । जुन जीवन उपयोग छ । 

२. सिर्जनाले बाँचेको जीवनः सृजना एउटा अमृत हो । जसले यसको सेवन गर्छ उ अमर रहन्छ । केही तथ्यलाई केलाएर यसभित्र सृजनाको महत्त्व झल्काउन सफल छन लेखक । 

३. आत्मजागरणका लागि अन्तर्यात्राः मानिस जिवनमा शान्ति खोज्छ । हरेक यात्रामा निस्किन्छ । मन्दिर धाउछ, चर्च, मस्जित, धारा खोला पधेरा हरेक तिर धाउछ । तर उ बिर्सन्छ कि उसले खोजेको हरेक शान्ति उसले अन्तर्यात्रामा मात्रै पूर्ण रुपले पाउँछ । 

४. सबै समान होउन्, सबै महान् बनुन्ः हरेकको कला, संस्कृति, भाषा, धर्म बराबर हुन, कोहि भन्दा कोहि कम नहुन महान बनुन् । 

५. युवालाई मुनको सन्देशः युवा देस विकासको प्रमुख श्रोत हो र युवाले आफ्नो तागत र बल बुद्धिले समाज परिवर्तन, देश बिकासमा लागे नहुने केही छैन । 

६. स्वर्ग जाने हैन बनाउने होः हामी मरेपछि स्वर्गको इच्छा राख्छौ । जुन सुख सुविधा आराम आदि सोच्छौ । तर यी सब हामिले मेहेनत गरे यहि कर्म भुमिलाई बनाउन सक्छौं ।

७. ईश्वर भेटिन्छः गरे के हुन्न । सुन रोपे सुन फल्छ । धन रोपे धन फल्छ । गर्दा नहुने र असम्भव कुरा केही छैन जिन्दगीमा सिर्फ हिम्मत र चाहाना राखेर लगातार काममा निष्ठा पुर्वक लाग्नुपर्छ । 

८. कल्पना बाटै यथार्थ जन्मिन्छः हरेक आविष्कार कल्पना नै हुन् । त्यसैले कल्पना गर्नु राम्रो कुरा हो । 

९. प्रतिध्वनिको सिद्धान्तः न्युटनको तेस्रो सिद्धान्तले भन्छ ‘प्रत्येक क्रियाको बराबर विपरित क्रिया हुन्छ ।’ त्यस्तै आफुले जे गरो जे बोलो त्यसको पनि प्रतिध्वनि आउँछ । र सहन सक्नुपर्छ । बिचार गरेर बोल्नुपर्छ ।

१०. उचाइमा बसेर हेर्ने किः सङ्कोच बिचारबाट हटेर माथि उठौ । संसार सुन्दर छ । र देखिन्छ ।

११. महान् यात्राको थालनीः केही गर्ने अठोटको साथ अघि बढौ ।

१२. खोजी सम्भावनाकोः हरेक चिजमा रहेको उर्जा, सृजनाको खोज गर्नुपर्छ ।

१३. अरुका लागि कामनाः आफुले सक्ने जति अरुलाई साथ सहयोग गर्नुपर्छ ।

१४. अमृत लिने, अमृत दिनेः राम्रो कुरा बाँढ्यो भने आफूलाई नि अरुले राम्रो दिन्छन् ।

१५. ‘गोपी कृष्ण कहो’ः समाजमा रहेका हामिको असलि चित्र । 

१६. हामीले के दिने ?ः आफ्नो जीवन हुनुको सार्थकता पूरा गर्न हामिले हाम्रो जन्मभूमिलाई र हाम्रा सन्ततिलाई हुने गरि राम्रो कुरा दिने । 

१७. वेदान्ततिर फर्कने किः पुराना इतिहासले पनि थुप्रै कुरा सिकाउँछ ।

१८. सदैव जाग्नु छ हामीलेः लाटो भएर, हेपिएर बस्नुहुन्न । अन्याय र अत्याचार बिरुद्ध क्रान्ति गर्नु पर्छ । 

१९. अप्पो दिप्पो भवः सङ्कल्प, जिवनको किताब आफै पढ्ने, पढिरहने र सिर्जनशीलता यी तीन तथ्यमा आधार नरहेसम्म जीवन, जीवन बन्दैन । 

२०. रोक, हेर र जाऊः हतारमा गरेका प्राय निर्णय गलत हुन्छन् । र आवेश भन्दा पनि प्रत्येक कुरालाई सृजनात्मक ढङ्गले बुझे जीवन उपयोगी हुने छ । 

२१. योग्यता र क्षमताको संयोजनः योग्यता र क्षमताको संयोजन गर्न सके मात्रै राम्रो प्रतिफल पाईन्छ ।

२२. नभाग, जागः अन्यायसंग भाग्नुहुन्न । जागेर लाग्नुपर्छ ।

२३. अहम्को विसर्जनः मपाई गर्नुहुन्न । सबैलाई आफू सम्मान सम्झनुपर्छ ।

२४. एक डिग्रीको फरकः सानो र झिनो कुराले पनि कति धेरै असर पर्छ भनेर प्रष्ट पारेको छ । 

....र अन्त्यमा ‘रे’ जिवन्त रहेर जीवन प्रदान गर्ने एन्टिबायोटिक पुस्तक भन्दा फरक नपर्ला ।