Newslaya Home

​उपत्यकामा दिउसो ट्रिपर चलाउन नपाइने

बुधबार २७, असार २०७५

काठमाडौं । उपत्यकामा विहान ५ बजे देखि वेलुका ८ बजे सम्म ट्रिपर चलाउन नपाइने भएको छ ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइने गृह स्रोतले जनाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो ।