Newslaya Home

​नगरपालिका र गाउँपालिकामा बैंकको शाखा खोल्दा अनुमती लिनु नपर्ने

बुधबार २७, असार २०७५

काठमाडौं । सरकारले बैंकहरूलाई शाखा विस्तारमा जोड दिएको छ । 

आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को मौद्रिक नीतिमार्फत महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानीय तहमा शाखा कार्यालय खोल्दा अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकको यो व्यवस्थापछि शाखा विस्तारमा बैंकहरु प्रोत्साहित हुने अनुमान गरिएको छ ।

हाल ७५३ मध्ये ५५६ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुगेका छन् ।  सरकारले चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने घोषणा गरेको थियो । 

त्यस्तै, आगामी आर्थिक वर्षभित्र सबै वाणिज्य बैंकलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।