Newslaya Home

​इंग्ल्यान्डलाई हराउदै क्रोएसिया फाइनलमा

बिहीबार २८, असार २०७५

काठमाडौं । रुसमा जारी विश्वकपमा इंग्ल्यान्डलाई हराउदै क्रोएसिया फाइनलमा पुगेको छ । 

अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले फाइनलमा पहिलो पटक स्थान बनाएको हो। 

बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । 

अब, आइतबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा हुने फाइनल खेलमा क्रोएसियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।