Newslaya Home

​सेनामा जागिर नमिलेपछि एक युवाले गरे आत्महत्या

बिहीबार २८, असार २०७५

काठमाडौं । सेनामा जागिर नमिलेपछि एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् । भारतको उत्तरप्रदेश राज्यस्थित आगरा एक युवाले सेनामा जागिर नमिलेको भन्दै मंगलबार राती आत्महत्या गरेका हुन् ।

झुन्डिनुअघि उनले फेसबुक लाइभ पनि गरेका थ्एि । जसका कारण पुरै घटना फेसबुकमा लाइभ भएको थियो । 

आगराका मुन्ना कुमार १७ वर्षको उमेरदेखि सेनामा जागिर खाने तयारीमा थिए । 

सेनाले तोकेको उमेरको सीमा पुरा भएपछि दुखी भएका उनले जीवन नै समाप्त गरे । मर्नुअघि मुन्नाले दुई पेज लामो सुसाइड नोट लेखेर आमा बाबुसँग माफी मागेका छन् भने सुसाइड नोटको अन्तिममा उनले जय हिन्द पनि लेखेका छन् । 

बुधवार बिहान मुन्ना सिंहको शव मिलेको थियो । जहाँ फेसबुकमा लाइभ भएको भिडियो र सुसाइड नोट पनि भेटियो । सुसाइड नोटमा उनले आफूले चाहेको कुनै पनि कुरा प्राप्त नगरेको गुनासोसहितका कुरा उल्लेख गरेका थिए ।