Newslaya Home

​भारतीय राज्यसभामा नेपाली भाषा बोल्न पाइने

बिहीबार २८, असार २०७५

काठमाडौं । भारतीय राज्यसभामा नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएको छ । राज्यसभाका सदस्यहरुले नेपाली र मैथिली भाषा बोल्न पाउने  राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् ।

नायडूका अनुसार संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने भएको छ ।

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेका छन् ।