Newslaya Home

​प्रीति जिन्टा माथि डाक्टरले हाले मुद्दा

बिहीबार २८, असार २०७५

काठमाडौं । भारतीय अभिनेत्री प्रीति जिन्टा माथि एक डाक्टरले मुद्धा हालेका छन् । प्रीतिको कम्पनी केपीएन ड्रीम क्रिकेट प्रालि विरुद्ध डाक्टर सजीताले अदालतमा मुद्धा हालेका हुन् । अब जिल्ला अदालतमा ३८ लाख रुपैयाँको दाबीसहितको मुद्दा चल्ने भएको छ । 

सजीतले कम्पनीले वसोवासको हैसियतमा कोठा भाडामा लिएपनि कार्यालय सञ्चालन गरेका थिए ।  उनले कोठालाई अफिस सञ्चालन गर्न दिएको भन्दै स्टेट अफिसले ३८ लाख जरिवानाको नोटिस पठाएको थियो ।

डा. सतीजाले यो रुपैयाँ कम्पनीबाट असुल्नका लागि जिल्ला अदालतमा सिविल सूट फाइल दर्ता गरेका थिए । डा सजीताले हालेको मुद्दा खारेजीका लागि कम्पनीले पनि जिल्ला अदालतमा एक निवेदन दिएको थियो । तर कम्पनीको दिएको निवेदनलाई न्यायाधीशले खारेज गरिदिए । यस सँगै प्रीति जिन्टाको कम्पनी विरुद्धको मुद्दा चल्ने भएको हो । 

तर प्रीतिको कम्पनीले भने सतीजाले भाडामा दिएको कोठामा अफिस खोलिएको थिएन । जब आइपीएल खेल हुन्थ्यो त्यो बेला कम्पनीका अधिकारीहरुलाई त्यहाँ राख्ने व्यवस्था गरिएको थियो ।