Newslaya Home

​रितेश देशमुखले चुनाव लड्ने

बिहीबार २८, असार २०७५

काठमाडौं । बलिउड अभिनेता रितेश देशमुख २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आफ्ना बाबुको पदचिन्ह पछ्याउँदै रितेश राजनीतिमा पस्न लागेका हुन् । 

उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए । केही समय अगाडि रितेशलाई राजनीतिमा लाग्ने सम्भावनाबारे प्रश्न गरिँदा उनले इन्कार गरेका थिए । तर, अहिले उनले विचार बदलेका छन् ।

रितेश अहिले आफ्नो आगामी फिल्म ‘टोटल धमाल’ मा व्यस्त छन् । यो फिल्ममा उनी अनिल कपु, माधुरी दिक्षित र अजय देवगणसँग कमेडी गर्नेछन् । ।