Newslaya Home

​कुटुमा कुटुलार्इ पछि पार्दै ‘माया लुकि लुकी’ले बनायो नयाँ रेकर्ड (भिडियोसहित)

बिहीबार २८, असार २०७५

इटहरी । गायिका टिका प्रसाईंको श्वरमा रहेको गीत ‘माया लुकि लुकि’ले छोटो समयमै नयाँ रेकर्ड राख्न सफल भएको छ । कार्टुन क्रिउको बेजोड प्रस्तुति रहेको उक्त गितको भिडियोलाई ३३ दिनमै एक करोड दर्शकले हेरेका छन् । 

यो भन्दा अघि २ रूपैया फिल्मको कुटुमा कुट अग्रस्थान रहेको थियो ।

गायिका प्रसाईंको यस् गीतमा रचनाकार आनन्द अधिकारीको शब्द ,आशिष अविरलको संगीत र संगीत–संयोजन रहेकोछ भने भिडियोमा हाल सर्वाधिक चर्चामा रहेको डान्सिंग ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ ।

यस अघि पनि थुप्रै चर्चित गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल बनिसकेकी गायिका प्रशाइले ‘तिमी भन्छौ भने म तिम्रै हु’ , ‘नाइँ मलाई थाहा छैन’, ‘एउटा कुरा भनुम’ जस्ता चर्चित गीतहरुमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन ।