Newslaya Home

​क्रोएसिया विरुद्धको गोलमा इंगल्याण्ड समर्थकहरुले गराए बियरको वर्षा

बिहीबार २८, असार २०७५

काठमाडौ । क्रोएसियाविरुद्धको पहिलो गोलपछि इंगल्याण्ड समर्थकहरुले हजारौं रुपैयाको बियर हावामा उडाएका छन् ।
हातमा बियर बोकेर पिउँदै वल्र्डकप हेर्न थालेका इंगल्याण्ड समर्थकहरुले खुसीमा बियर हावामा उडाएका थिए ।

हाइड पार्कमा बसेर स्क्रिनमा फुटबल हेरिरहेका उनीहरुले गोल गर्नासाथ हातमा बोकेको बियरको ग्लास हावामा उडाएका थिए ।
समर्थकहरु हातमा बियरको ग्लास बोकेर खेल हेर्न मात्र बसेका थिए । पाँच मिनेटमै भएको उक्त गोलपछि समर्थकहरुले खुसी थाम्न सकेनन् । 

जोसमा आफूले बोकेको बियर नै हावामा उडाइदिए । उक्त पार्कभरी बियरको वर्षा भएझै देखिएको थियो