Newslaya Home

टाइगर र दिशाले विज्ञापन खेल्न मागे पाँच करोड पारिश्रमिक

बिहीबार २८, असार २०७५

काठमाण्डौ । बलिउडमा अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको भाउ बढेको छ । बागी २’ को सफलतापछि यो हिट जोडीलाई आफ्नो फिल्ममा साइन गराउन निर्माता निर्देशक लागिपरेका छन् ।

यस्तै विज्ञापनमा समेत यो जोडीको माग हुन थालेको छ । हालै एउटा तेल कम्पनीले उनीहरुलाई  विज्ञापनमा खेल्न अफर गर्‍यो । तर टाइगर र दिशाले ३० सेकेन्डको पारिश्रमिक पाँच करोड मागेपछि कम्पनीले निर्णय लिन बाँकी छ ।

उनीहरुको डिमान्ड स्वीकार गरेमा उनीहरु एउटै विज्ञापनमा खेल्ने तेस्रो रियल जोडी बन्ने छन् । टाइगर र दिशा लामो समयदेखि प्रेममा छन् ।