Newslaya Home

​काठमाडौ बाढीले अस्तव्यस्त, प्रहरी डुंगा बोकेर उद्धार गर्न निस्कियो (फोटो फिचरसहित)

बिहीबार २८, असार २०७५

भक्तपुर । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । 

बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा परेको छ । 

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । 

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । 

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । त्यहाँका बासिन्दा घर बाहिर निस्कन पनि नसक्ने स्थीतिमा छन् ।

डुवानमा परेकाहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयले उद्धार गरिरहेका छन् । उनीहरु डुबान भएको क्षेत्रमा उद्धारको लागि रबर बोट लिएर गएका छन् ।