Newslaya Home

​साइबेरियाका हजामको मेस्सी कटले पायो चर्चा

बिहीबार २८, असार २०७५

काठमाडौं । विश्वकप फूटबल चर्चा संसारभरि नै चलिरहेको छ । प्रशंसकहरू आफ्ना प्रिय खेलाडीको सर्मथन गर्न नयाँ नयाँ तरिक खोजिरहेका हुन्छन् । 

विश्वकपलाई ध्यानमा राखेर साइबेरियाका एक हजामले प्रसिद्ध फूटबलरहरूको मुखाकृति टाउकोमा बनाइदिएका छन् । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको मुखाकृति धेरै मानिसले बनाएका थिए । 

यी हजामको नाम मारियो हवाला हो । उनी विगत नौ वर्षदेखि यस्तो काम गरिरहेका छन् । उनका अनुसार, शुरूमा उनले एक ग्राहकको टाउकोमा ठूलो माकुराको आकृति बनाइदिएके थिए ।