Newslaya Home

हेर्नुहोस् युट्युबाट सबैभन्दा धेरै पैसा कमाउने व्यक्तिहरु, कसले कति कमाए ?

बिहीबार २८, असार २०७५

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् । 

तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो सिर्जनात्मक भिडियोहरु यूट्युबमा पोस्ट गरेर नाम र दाम दुवै कमाएका छन् । यूट्युबबाट एक वर्षमा करोडौं कमाउने व्यक्तिहरु पनि छन् ।

विश्वका धनिहरुको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले यस वर्ष यूट्युबमा धेरै कमाउने युट्युबरहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा र्यापर, प्य्राङ्कस्टर, गेमर आदि छन् ।

यी हुन सन् २०१७ मा यूट्युबबाट सबैभन्दा बढि कमाउने चर्चित यूट्युबरः

१. प्यु डाइ पाइ
यो वर्ष मात्रै १ अर्ब साठी करोड रुपैंयाँभन्दा बढि कमाएका उनको च्यानलमा ५० मिलियन सब्सक्राइबर छन् । वास्तविक नाम फेलिक्स अर्भिद उल्फ जेलबर्ग भएका यी स्विडिसले युट्युब स्टारले गेमहरु खेलेर र विभिन्न मनोरन्जनात्मक भिडियोहरु बनाएर पैसा कमाउँछन । 

२. रोमन एटवुड
रोमनका हाँसोलाग्दा स्टन्टहरुले धेरै दर्शकहरुलाई आकषिर्त गरेका छन् । जसले उनको कमाई करिब ७० प्रतिशतले बढेको छ । उनले यो वर्ष यूट्युबबाटै करिब ८६ करोड रुपैंया कमाएका छन् ।

३. लिली सिंह
क्यानडामा जन्मिएकी भारतीय मुलकी र्यापर तथा यूट्युबर लिलीले यो वर्ष मात्रै करिब ८० करोड रुपैंया कमाएकी छन् । उनी उनको च्यानल सुपरवुमन नामले चर्चित छिन् ।

४. स्मोस 
एन्थोनी पाडिल्ला र इयान हेकोक्स युट्युबका अग्रणी यूट्युबरहरु हुन् । उनीहरुले सन् २००५ देखी नै कमेडी च्यानल स्मोस सुरु गरेका थिए । उनीहरुले अहिले सातवटा च्यानलहरु चलाँउछन् । उनीहरुले यो वर्ष यूट्युबबाटै करिब ७५ करोड रुपैंया कमाएका छन् ।

५. रोसाना पानसिनो
अमेरिकी बेकर तथा अभिनेत्री रोसाना पानसिनाले यो वर्ष यूट्युबबाट करिब ६५ करोड रुपैंया कमाएकी छन् । उनको नर्डी नम्मीज नामको च्यानल छ जहाँ उनले बेकीङ सो चलाँउछिन् ।

६. टायलर ओकले 
अमेरिकी समलिङ्गी अधिकारकर्मी तथा चर्चित यूट्युबर टाइलर ओकले यो सूचीमा नवप्रवेशी हुन । उनले यो वर्ष यूट्युबबाट करिब ६५ करोड रुपैंयाँ कमाएका छन् । 

७. मार्किप्लायर
वास्तविक नाम मार्क एडवार्ड फिसब्याक भएका अमेरिकी भिडियो गेमर मार्किप्लायरले यो वर्ष यूट्युबबाटै ६० करोड रुपैंयाभन्दा बढी कमाएका छन् । साथै उनले एक वर्षकै छोटो अवधिमा १५.७ मिलियन सब्सक्राइबर पनि बनाएका छन् । 

८. जर्मन गारमेन्डिया
यो वर्ष ६० करोड रुपैंया भन्दा बढी कमाएका ल्याटिन अमेरिकाको सबैभन्दा चर्चित युट्युवर हुन जर्मन गारमेन्डिया । यूट्युबमा यी कमेडियन र संगितकारको ४८ मिलियन सब्सक्राइबर छन् । उनी यो लिस्टमा सबैभन्दा कान्छो उमेरका छन् ।

९. ऋत र लिङ्क
ऋत र लिङ्कको जोडीले पनि यो वर्ष ५० करोड रुपैंया भन्दा बढी कमाएको छ । ‘गुड मिथिकल मर्निङ’ नामको टक–शोबाट उनीहरुले उक्त रकम कमाएका हुन् ।

१०. कुलेन बालिङ्गर 
यूट्युबमा कमेडी भिडियोहरु बनाएर कुलेनले यो वर्ष पचास करोड रुपैंयाँभन्दा बढी कमाएकी छन् । अल्टर इगो, मिरान्डा सिङ्गस, आदिको कारणले चर्चित कुलेनले यो वर्ष सेल्फ हेल्प नामको टुर समेत गरेकी छन् ।