Newslaya Home

​नयाँ ग्रहको पहिलो तस्वीर सार्वजनिक

बिहीबार २८, असार २०७५

काठमाडौं । पहिले असम्भव ठानिएको ग्रहको जन्मको क्षणको तस्वीर सार्वजनिक भएको छ । 

लामो विश्लेषण पछि खगोलविद्हरुले यो तस्वीर जन्मदै गरेको ग्रहकै भएको प्रमाणित गरे पछि यो कुनै ग्रहको जन्मको पहिलो प्रमाणित तस्विर बनेको छ । 

उक्त तस्वीरमा भर्खर जन्मेको ग्रहलाई एक पानीको फोका उठ्दाको जस्तो प्रकाशको आकृतिमा देख्न सकिन्छ । धुलो र ग्यासले हुँदै यात्रारत यो ग्रह पीडीएस् ७० नामक एक युवा तारा वरपर घुमिरहेको छ । यो तारा पृथ्वीबाट ३७० प्रकाश वर्ष टाढा रहेको छ ।

ग्रहको देब्रे र तस्वीरको केन्द्रमा रहेको कालो बृत्त भने ताराबाट आएको प्रकाशको फिल्टर गर्ने उपकरणको हो । यसले गर्दा प्रक्रियाको बाँकी हिस्सा देख्न सकिन्छ ।

स्फेर इन्स्ट्रुमेन्ट अफ युरोपियन साउदर्न अब्जरभेटरीको भेरी लार्ज टेलिस्कोप नामको विशाल दुरदर्शक यन्त्रबाट यस ग्रहको फोटो खिचिएको हो ।

यो ग्रह हाम्रो सौर्यमण्डलको युरेनसजस्तै ग्यासले बनेको, आफ्नो ताराबाट सूर्यबाट युरेनस रहेकै दुरीमा रहेको छ । साथै पिण्डमा भने यो ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा केही ठूलो देखिन्छ । 

यसको वातावरण बादलले ढाकिएको र सतहको तापक्रम १००० डिग्री सेल्सियस भएको देखाएको छ ।

यो ग्रहले परिक्रमा गरिरहेको तारा ६० लाख वर्ष पुरानो भएकाले ग्रह झनै नयाँ भएको अनुमान गरिएको छ ।

खगोलविदहरुले भावी दिनमा ग्रहको विकासको बारेमा जानकारी लिनु अझ महत्वपूर्ण हुने बताएका छन् ।