Newslaya Home

​गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ

बिहीबार २८, असार २०७५

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा परेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामा पक्राउ परेको पुष्टि गरेका हुन् ।

पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीब्र रूपमा खोजी गर्दै आएको थियो ।

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । लामा यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

लामालाई सार्वजनिक अपराध ऐन अन्र्तगत म्याद थपेर कार्वाही प्रक्रिया अगाडी बढाइने एसएसपी पोखरेलले बताए ।