Newslaya Home

​पूर्वाञ्चल विश्वविद्यालयमा कानुन पढाइ हुने

बिहीबार २८, असार २०७५

बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा कानुन संकाय स्नातक तह अन्तर्गत ३ वर्षे कानुन ‘एलएलबी’ कार्यक्रम सञ्चालन हुने भएको छ । 

पुष्पलालचोकस्थित आफनै भवनमा आंगिक कलेज सञ्चालन गर्ने गरि तयारी भएको बताइएको छ ।

कानुन तथा कला संकाय डीन कार्यालय विराटनगरले पूर्वाञ्चल विश्वविद्यालय कानुन क्याम्पसले सस्तो, सुलभ र आधुनिक प्रविधिबाट कानुन बिषयको पढाइ गर्न लागेको हो ।

विराटनगरमा सरकारीस्तरबाट नै आंगिक कलेजका रूपमा जनता आदर्श बहुमुखी कलेज पुष्पलालचोकमा सन्ध्याकालिन कक्षा सञ्चलनका लागि सबै तयारी गरिएको पूर्वाञ्चल विश्वबिद्यालय कानुन तथा कला संकाय कार्यालयका प्रमुख डीन डा. शम्भुप्रसाद कोइरालाले बताएका छन् । 

सबै स्थानीय तहमा एक जना कानुन अधिकृत अनिवार्य रहने सरकारको नीति भएकोले विद्यार्थीहरूको माग अनुरूप नै कानुन बिषयको अध्यापन सुरू गरिएको डीन डा कोइरालाले जानकारी दिए ।

साउन १ गते देखि फाराम खुला गरी भदौको अन्तिम साताबाट अध्यापन सुरू हुने जानकारी दिइएको छ ।