Newslaya Home

आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेविसंघका नेता पक्राउ

बिहीबार २८, असार २०७५

काठमाडौं । आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता बुधबार राति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य प्रेमबहादुर शाही रहेका छन् । 
शाहीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेका थिए ।

पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

हाल उनलार्इ महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।