Newslaya Home

​प्रधानमन्त्रीलाई मार्सी चामल उपहार, कसैले लिन मानेनन्

बिहीबार २८, असार २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर गोविन्द केसीका समर्थकले बिहीबार (आज)  चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् । 

डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले केसीका समर्थकले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै थाल र चामल उपहार दिएका हुन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा बसेर जुम्लाको मार्सी चामलको भात खाने तर जुम्लामा एमबीबीएस पढाई नभएको र जुम्लामा अनसन बसेका डाक्टर केसीका माग पुरा नभएको भन्दै समर्थकले बालुवाटार अगाडी थाल र चामलसहित प्रदर्शन गरेका हुन् । 

तर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिले भने मार्सी चामल र थाल उपहार लिन नमानेको समर्थक प्रितम सुवेदीले जानकारी दिए । 

प्रदर्शनमा नागरिक समाज, मानवअधिकारवादी, विद्यार्थी प्राध्यापक लगायतको सहभागिता थियो ।