Newslaya Home

वर्ल्डकप विजेताको पुरस्कार कति ?

बिहीबार २८, असार २०७५

काठमाडौं । विश्वपकको उपाधि उचाल्ने राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार हात पार्नेछ । यद्यपी ट्रफी नउचाल्ने टिमले पनि रित्तो हात भने फर्किनु पर्ने छैन ।

विश्वकप विजेताले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर प्राप्त गर्ने छ । 

यस्तै, दोस्रो हुने टिमले २८ मिलियन अमेरिकी डलर, तेस्रो हुने टिमले २४ मिलियन डलर र चौथो हुनेले २२ मिलियन अमेरिकी डलर प्राप्त गर्ने छ । 

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटा देशलाई पनि फिफाले पुरस्कार दिन्छ । अन्तिम ८ मा पुग्नेले प्रतिटोली १६ मिलियन डलर पाउँनेछन् । 

यस्तै, राउन्ड १६ मा पुग्ने टिमलाई पनि फिफाले पुरस्कार प्रदान गर्छ । उत्कृष्ट १६ ले प्रतिटिम १२ मिलियन डलर प्राप्त गर्छन् । विश्वकपमा समूह चरणमा खेल्ने टिमलाई पनि फिफाले रित्तो हात घर फर्काउँदैन । समूह चरणबाटै घर फर्किने टिमले पनि ८ मिलियन डलर प्राप्त गर्छन् ।

फिफाले ४ सय मिलियन डलर पुरस्कारमा मात्रै खर्चिँदैछ । ब्राजिल विश्वकपमा ३५८ मिलियन डलर पुरस्कारमा खर्च भएको थियो । 

विश्वकप खेल्ने प्रत्येक टिमलाई खेलको तयारीका लागि १.५ मिलियन डलर दिइन्छ । त्यस्तै, विश्वकप खेल्ने हरेक खेलाडीको १३४ मिलियन डलरबराबरको बिमा गरिएको हुन्छ ।