Newslaya Home

​इनरुवाका तीन जना श्रष्टा सम्मानित

बिहीबार २८, असार २०७५

इनरुवा । आदिकवी भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तिको अवसरमा इनरुवामा आयोजित कार्यक्रममा तीन जना श्रष्टा सम्मानित भएका छन् । मेयर साहित्य रत्नश्री  सम्मानबाट उनीहरु सम्मानित भएका हुन् ।

इनरुवा प्रज्ञा प्रतिष्ठानले इनरुवाका श्रष्टा ७० वर्षिय छविनाथ रिजाल, ६७ वर्षिय डम्बरुबल्लभ भण्डारी र सञ्चारकर्मी जयकृष्ण यादवलाई सम्मान गरेको हो । सबैलाई जनही ५० हजार १ रुपियाँको नगद रासी सहितको नगद पुरस्कारले सम्मान गरिएको हो ।

तीनै जनालाई प्रमुख अतिथि प्रध्यापक डाक्टर टंकप्रसाद न्यौपाने, प्रतिष्ठानका कुलपति तथा इनरुवा नगरपालिका प्रमुख राजन मेहता र उपकुलपति प्राज्ञ उपेन्द्र बस्नेत  पागलले तात्र पत्र, सम्मान र नगद रासीले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर १ का  १४ वटै जिल्लाका साहित्य प्रेमी तथा कवि कवियत्रीहरुले  कविता कृति वाचन गरेका थिए ।  

यता सोही कार्यक्रममा डम्बरुबल्लभ भण्डारीले आफनै वरिपरी कथा संग्रह समेत विमोचन गराएका थिए ।