Newslaya Home

​बसको ठक्करबाट एक जनाको मृत्यु

बिहीबार २८, असार २०७५

राजविराज । सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसको ठक्करबाट मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो ।

बा.७०प ८०९२ नंको मोटरसाइकललाई ना.५ख ४८१७ नंको बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।