Newslaya Home

​रिलायन्स सुगर मिल्समा आगलागी

सोमबार ०७, साउन २०७५

 बीरगञ्ज । बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर मिल्समा भिषण आगलागी भएको छ।  रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा दिउँसो १२ बजे आगलागी भएको बारा प्रहरीले जनाएको छ ।
 
आगलागी के कारणले भएको भन्ने खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
 
अहिले कलैया, वीरगंज, अमलेखगंजबाट बारुण यन्त्र मगाउने काम भएको तथा उद्योगको आगलागी नियन्त्रणमा सुरक्षाकर्मी तथा स्थानीय जुटेका छन् । 

आगलागीबाट कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । उद्योगका सञ्चालक वीरेन्द्र संघाईले बारुण यन्त्र आउन ढिलाई गरेको बताएका छन् ।