Newslaya Home

विराटनगर महानगरपालिकाका मेयरले पाए सुरक्षा गार्ड

आइतबार ०३, भदौ २०७५

विराटनगर । विराटनगरका मेयरलाई सुरक्षा गार्ड दिइएको छ । सुरक्षाको चुनौती बढेको भन्दै मेयर भीम पराजुलीलाई सुरक्षा गार्ड दिइएको हो ।

केही दिनअघि मात्र विराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि  सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन् । जिल्ला सुरक्षा समितिको आइतबार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा गार्ड दिने निर्णय गरेको हो ।

निर्णयलगत्तै सुरक्षा गार्ड लिएर हिड्न थालेको मेयरका प्रेस संयोजक कौशल निरौलाले बताए ।