Newslaya Home

​यस्ता छन् होममेड अचार खानुका फाइदा

सोमबार ०४, भदौ २०७५

धेरैले अचारलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, अचारले खानालाई स्वादिष्ट बनाउने काम मात्र गर्दैन यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् । 

अचार खानुका फाइदाः
अमलाको अचार
अमलाको अचार खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा भिटामिन सीलगायतका पौष्टिक तत्व हुन्छन् । अमलाको अचारमा अदुवा र कागती मिलाएर प्रयोग गरेमा मुटुरोगको सम्भावनाबाट पनि बचाउँछ ।

धनियाँको अचार
धनियाँको अचारमा भिटामिन सी र प्रोटिनको मात्रा अत्यधिक हुन्छ । धनियाँको अचारको प्रयोगले मधुमेहजस्ता रोगलाई समेत काम गर्छ । यसका साथै पुदिनाको अचारमा पनि एन्टिब्याक्टेरियल गुण हुन्छ । जसले कब्जियत जस्ता समस्याबाट छुटकरा दिलाउँछ । धनियाँ, अदुवा र लसुन मिसाएर अचारको प्रयोग गरेमा स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।

प्याज र लसुनको अचार
लसुन एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक, एन्टिफंगल र एन्टिब्याक्टेरियल हर्ब हो । यसले उमेरअनुसार हुने असामान्य शारीरिक परिवर्तनलाई रोक्नुका साथै कैयौँ सम्भावित रोगसमेत निको पार्छ ।

टमटरको अचार
टमटरमा भिटामिन सी, लाइकोपिन, भिटामिन र पोटासियमको मात्रा अत्यधिक हुन्छ । टमटरको अचारले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्ने काम पनि गर्छ । तौल कम गर्न चाहनेका लागिसमेत टमटरको अचार अचुक बन्न सक्छ ।