Newslaya Home

​वडाध्यक्षले बनाए कृत्रिम झरना

सोमबार ०४, भदौ २०७५

तेह्रथुम । वडाध्यक्षले आफ्नो भत्ता र सेवा सुविधाको रकमबाट कृत्रिम झरना बनाएका छन् ।तेह्रथुमको आठराई गाउँपालिका–२, का वडाध्यक्ष दीलकुमार पाहिमले झरना बनाएका हुन् । स्थानीयवासीले १५ वर्ष अघिदेखि झरना निर्माण गर्न चाहना राखे पनि बजेट अभावले झरनाको निर्माण हुन सकेको थिएन । तर वडाध्यक्ष पाहिमले आफ्नै तलब भत्ताको रकम लगानीमा झरना बनाइदिएका हुन् ।

मयायक भीरबाट नजिकै रहेको साफेवा खोलाको पानी प्रयोग गरेर झरना बनाइएको छ । 

खाम्लालुङको हाङपाङ–बाझोगरा सडक खण्डले छोएको यो झरना म्याङलुङबाट ५२ किलो मिटर र पाँचथरको फिदिमबाट ४३ किलो मिटरको दूरीमा रहेको छ । यहाँका स्थानीयवासीहरु समेत पर्यटन व्यवसायमा लाग्न उत्साहित छन् ।