Newslaya Home

​पूर्वराजदूत झाको हत्याको अनुसन्धानका लागि तीन जना नियन्त्रणमा

सोमबार ०४, भदौ २०७५

काठमाडौं । काठमाडौंको बबरमहलको आफ्नै घरमा भएको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धानका क्रममा झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो ।

पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत् थिए । दुई जना माली भने हप्तामा दुई–तीन दिन सरसफाइका लागि आउने गरेका थिए ।

झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् ।

परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।