Newslaya Home

​चीनमा छुट्टै अनलाइन अदालत

सोमबार ०४, भदौ २०७५

काठमाडौं । चीनले अनलाइनमा आउने विवादहरू सुल्झाउन लागि इन्टरनेट अदालत गठन गरेको छ । 

सिन्ह्वाको अनुसार, बेइजिङमा गठन हुने पहिलो अदालतका लागि आइतवार बेइजिङ महानगरपालिकाको जन महाधिवेशनको १५औं स्थायी समितिको सत्रमा मुख्य न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति गरिएको छ । 

यो सत्रमा ५० वर्षीय झाङ वेनलाई मुख्य न्यायाधीश र ४० अन्यलाई न्यायाधीश नियुक्त गरिएको हो । 

बेइजिङपछि ग्वाङ्झाउ प्रान्तमा पनि इन्टरनेट अदालत गठनको योजना छ । 

एजेन्सी