Newslaya Home

जनतालाई अप्ठ्यारो भए कर दर सच्याउँछाैँ : गाउँपालिका राष्ट्रिय महासंघ

सोमबार ०४, भदौ २०७५

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनतालाई अप्ठ्यारो परेको भए कर प्रणालीमा देखिएको कमजोरी सच्याउने बताएको छ । महासंघले प्रेस विज्ञप्ति जारी संघीयतासँग जोडेर अनावश्यक टिप्पणी गर्नु भन्दा पनि छलफल गरेर निकास निकाल्ने बाटो अपनाउनु पर्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ–‘स्थानीय तहको कर तथा राजश्व नीतिलाई नकारात्मक प्रचारको आधार बनाइएको हुँदा यसलाई विगतका दर र दायरासँग तुलना गर्ने तथा सत्यतथ्य बाहिर ल्याउन आवश्यक देखिएको छ ।’

‘साविकका स्थानीय निकायले प्रत्यक्ष कर उठाउने अभ्यास नगरेको र नागरिकमा लामो समय कर तिर्ने बानी नपरेकै कारण अहिले केही क्षेत्रमा सानातिना कर लगाउँदा असजिलो महसुस भएको हुनुपर्दछ’ भन्दै महासंघले स्थानीयस्तरमा गठित राजश्व परामर्श समितिको सुझावको आधारमा नै सभाबाट कानुन बनाइ करको दर र दायराअनुसार कर असुलीको कार्य भइरहेको जनाएको छ ।