Newslaya Home

​प्रकाण्डलाइ २४ घण्टा भित्र अदालतमा झिकाउन सर्बोच्चको आदेश

सोमबार ०४, भदौ २०७५

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका विप्लव नेतृत्वको नेकपाका केन्द्रीय प्रवक्ता तथा खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । 

छोरा वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आइतवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 

अवैध चन्दा असुलीको आरोपमा गत साउन २२ गते काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले शुक्रवार रिहा गर्न आदेश जारी गरेको थियो । 

सर्वोच्चको आदेशानुसार रिहा भएका प्रकाण्डलाई प्रहरीले सोही दिन अदालत बाहिरबाट काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको आरोपमा पक्राउ गरेको थियो ।