Newslaya Home

टेलिकमले घटायो इन्टरनेटको मूल्य

आइतबार ३१, भदौ २०७५

काठमाडौं । सरकारी सञ्चार प्रदायक नेपाल टेलिकमले यही असोज १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य घटनाएको छ । 

यसअघि उपलब्ध हुँदै आएको न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको उपलब्ध हुने टेलिकमले जनाएको छ । 

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्समा अनलिमिटेड डाटा प्याकेजसहित विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम बेस्ड प्याकेजमा थप कर लाग्ने छ ।