Newslaya Home

सुनसरीका अन्सारीको हत्यापछि सुरक्षाकर्मी परिचालन

शुक्रबार ०५, असोज २०७५

इटहरी । भारतीयको गोली लागि मृत्यु भएका सुनसरीका खुर्सिद अन्सारीको हत्यापछि भुटाहामा व्यापम सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीवार दिउँसो खुर्सिदको गोली हानी हत्या गरिएपछि सो क्षेत्रमा शुक्रबारबाट प्रहरीले निगरानी मात्र बढाएको हो । 

स्थानीयले खुर्सिदको शव नउठाएपछि शुक्रवार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मृतकका आफन्त तथा स्थानीय मुस्लिम अगुवासँग छलफल गरेका छन् ।

स्थानीयले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको र हत्यारालाई पक्राउ नगरेको लगायतका आरोप प्रहरी प्रशासन माथि लगाएका छन् । 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी केदार रिजालले बताए ।