Newslaya Home

​यसरी जोगाउनुहोस् आँखाको दृष्टि

शनिबार ०६, असोज २०७५

हाम्रा केही सामान्य बानीले पनि आँखाको दृष्टि गुम्ने गर्दछ । त्यसैले यस्ता कुरामा ध्यान दिन आवश्यक छ ।   

१. पढ्दा लेख्दा ध्यान पुर्याउने
पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नु हुँदैन । आँखा र किताबको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाइपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छ्यापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

२. आँखा झिम्क्याउने
निरन्तर रुपमा आँखा झिम्काउन सिक्नुपर्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउने गर्नुपर्छ । आँखा झिम्काउँदा आँखालाई आराम मिल्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

३. सिलाइ–बुनाइ
सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनु पर्छ ।

४. चम्किलो प्रकाशमा नपढ्ने
एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उज्यालो सिधा किताबमा पर्नुहुँदैन । सिधा र प्रत्यक्ष प्रकाश किताबको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नु हुँदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भी. कम हेर्ने
सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्ष मुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हुँदा यो उमेरमा धेरै टि.भी सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. यात्रा गर्दा नपढ्ने
गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाले पनि बाहिरपट्टी पछाडि गइरहेका÷छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

७. चस्मा
अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालाई असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।

एउटै चस्मा निरन्तर लगाउँदा आँखालाई हानि गर्छ । आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।