Newslaya Home

​इटहरीमा जंगली च्याउ खाएर एकै परिवारका १२ जना विरामी

शनिबार ०६, असोज २०७५

इटहरी । इटहरी उप–महानगरपालिका– २ स्थित पानीपियामा शुक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् ।  

जंगली च्याउ खाएर स्थानिय ६५ बर्षीय पर्शुराम राई, निजको श्रीमती बर्ष ५२ की मन कुमारी राई लगायत छोरा, बुहारी, नाती–नातिनी लगायत १२ जना बिरामी परेका हुन् । 

बिरामी सबै जनालाई उपचारको लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।