Newslaya Home

​प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा

सोमबार ०८, असोज २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान अमेरिकाको न्युयोर्क पुगेका छन् ।  संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिनका लागि  प्रधानमन्त्री ओली शनिबार अमेरिका प्रस्थान गरेका हुन् ।

उनलाई न्युयोर्कको जेएफके बिमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।