Newslaya Home

​फिफा वर्ष खेलाडी बने क्रोएशियाका लुका मोड्रिच

मङ्गलबार ०९, असोज २०७५

काठमाडौं । फिफा वर्ष खेलाडीमा क्रोएशियाका मिडफिल्डर लुका मोड्रिच घोषित भएका छन् । गय राति लन्डनमा भएको एक औपचारिक कार्यक्रममा उनीलाई फिफा वर्ष खेलाडी घोषित गरिएको हो । 

मोड्रिचले रोनाल्डो तथा मेसीलाई पछि पार्दै अवार्ड जितेका हुन् । 

१० वर्षसम्म यस अवार्डमा रोनाल्डो र मेसीको दबदबा रहेको थियो भने मोड्रिचले जितसँगै उक्त आधिपत्य पनि तोडिएको छ ।