Newslaya Home

​यस्तो छ तामाको औठी लगाउनुको फाइदा

मङ्गलबार ०९, असोज २०७५

तामा एक धातु हो । तामाको प्रयोग परापूर्वकालदेखि चल्दै आएको छ । सुन, चाँदी, पित्तल र तामा सबैको छुटै महत्व हुन्छ । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने भएकाले पानी स्वच्छ मानिन्छ ।

त्यस्तै तामाको औँठी लागाउनुको पनि धेरै फाइदा छ । जान्नुहोस्ः 
 
१. रिसको नियन्त्रण गर्न  
तामाको औठीले शरिरको गर्मी कम गर्छ । यसलाई लगाउँदा शारिरीक र मानसिक तनाव कम गर्छ । यसको साथले रिसको नियन्त्रण गर्छ । यो औठीले तन र मनलाई शान्त राख्न मद्धत गर्छ ।

२ पेटको समस्याको समाधान  
आजभोलि पेटको समस्याबाट पीडित धेरै व्यक्ति भेटिन्छ । तामाको औठीले पेटसम्वन्धि सम्पूर्ण समस्याको समाधान हुन्छ । पेट दुख्ने, पाचन प्रकृयामा समस्या र ग्याष्ट्रिक जस्ता समस्याको लागि एकदमै फाइदाजनक मानिएको छ ।

३. नङ तथा छाला स्वस्थ्य बन्छ  
तामाको औठी मात्र तपाईको स्वास्थ्यको लागि मात्र नभइ नङ तथा छाला स्वस्थ राख्नपनि उत्तिकै महत्वपूर्ण छ ।

४. उच्च रक्तचाप कम गर्न  
जो उच्च रक्तचापले पीडित छ त्यस्ता व्यक्तिलाई तामाको औठी एकदमै हितकारी हुन्छ । तामाको औठीले रक्तचापलाई नियन्त्रण गर्दछ । 

५. रोगप्रतिरोधात्क क्षमता मजबूत बनाउन  
कसै–कसैको रोग प्रतिरोधात्क क्षमता कमजोर हुन्छ र छिट्टै विभिन्न रोगले आक्रमण गर्छ । त्यस्ता व्यक्तिहरुको लागि तामा एकदमै उपयोगि मानिन्छ । तामाको औँठी लगाउदा रगत शुद्ध हुनुका साथै रोग प्रतिरोधात्क क्षमतामा वृद्धी हुन्छ ।

६. व्लड सर्कुलेसन ठिक राख्छ 
जुन मानिसको शरिरमा रक्त संञ्चार ठिक हुँदैन त्यो व्यक्तिले आफ्नो हातको औलामा तामाको औँठी लगाउनु एकदमै फाइदाजनक हुन्छ । त्यस्तै ब्लड सर्कुलेसनको कमि हुने व्यक्तिको स्वास्थ्यको लागि पनि यो निकै फाइदाजनक रहन्छ ।

७. शनि सम्वन्धी सवै समस्या समाधानको लागि 
ज्योतिष शास्त्र अनुसार तामाको औठी शनि सम्बन्धी सम्पूर्ण समस्याको लागि लाभदायक मानिन्छ ।